

मोरङमा लागूऔषधसहित दुई जना पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२ थानटोलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कानेपोखरी–२ का ३५ वर्षीय रेवत कार्की र कानेपोखरी–३ का २६ वर्षीय सुजन ऋषिदेवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कार्कीको कोठामा रहेको काठको बाकसमा लुकाएर राखिएका चार ठूला र सात साना पोकामा करिब १० ग्राम शंकास्पद पदार्थ फेला परेको छ। उक्त पदार्थको वास्तविक प्रकृति परीक्षणपछि पुष्टि हुने प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ६३ हजार ४८५ रुपैयाँ नगद तथा चाँदीजस्तो देखिने बाला, औँठी, टप र अन्य धातुका टुक्रासहित सुनजस्तो देखिने सिक्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। प्रहरीले शंकास्पद पदार्थको स्रोत, सम्भावित कारोबार र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ।
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





