चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

चितवन। चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। आज बिहान करिब ६ः४० बजे बस्तीमा प्रवेश गरेको बाघले आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो।

घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। सोही क्रममा बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको छ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरिएको थियो। खोजीका क्रममा बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिएपछि स्थानीयमा देखिएको त्रास कम भएको छ।

Facebook Comments Box
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

TOP
Shares