

कृष्णनगरमा जुवाको खालबाट पौने पाँच लाखसहित १५ जना पक्राउ

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डीनगरस्थित एक घरमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४ लाख ७५ हजार रुपैयाँ नगद, २४ थान मोबाइल र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले शनिबार विनोद रावतको घरमा छापा मारेको थियो। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले एउटै स्थानमा मात्र नभई घर तथा स्थान परिवर्तन गर्दै जुवा खेल्ने गरेको खुलेको प्रहरीको भनाइ छ।
प्रहरीले बरामद रकम, मोबाइल तथा अन्य सामग्रीका आधारमा जुवाको आयोजनाको प्रकृति र आर्थिक कारोबारबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





