

भाटभटेनी राधेराधे २४ घण्टा खुल्ने, राति काम गर्ने कर्मचारीलाई २५ प्रतिशत अतिरिक्त पारिश्रमिक

काठमाडौं । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ। यससँगै ग्राहकले दिनरात जुनसुकै समयमा पनि स्टोरबाट आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।
भाटभटेनीका अनुसार रातको समयमा काम गर्ने कर्मचारीलाई नियमित पारिश्रमिकमा २५ प्रतिशत अतिरिक्त रकम उपलब्ध गराइनेछ। २४ घण्टा सञ्चालनको अभ्यासलाई क्रमशः देशका अन्य स्थानमा रहेका स्टोरमा समेत विस्तार गर्ने तयारी गरिएको जनाइएको छ।
स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यो पहल अघि बढाइएको बताइएको छ। भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले नेपाली युवाका लागि कम्तीमा ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जनाइएको छ।
हाल भाटभटेनीले देशभरका विभिन्न स्टोरमार्फत १० हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ। २४ घण्टा सञ्चालनमा ल्याउने योजनाले थप रोजगारीका अवसर सिर्जना गर्नुका साथै उपभोक्तालाई समेत थप समयसम्म सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





