बेपत्ताको खोजी तथा उद्धारमा सुरक्षाकर्मीको संख्या बढ्यो, १८ हजार ७०८ जना परिचालन

काठमाडौं । बाढीपहिरो तथा प्राकृतिक विपद्मा बेपत्ता भएकाहरूको खोजी र उद्धारलाई तीव्र बनाउन सरकारले थप तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। शुक्रबारसम्म करिब १५ हजार सशस्त्र प्रहरी उद्धारमा खटिएकामा शनिबारदेखि सुरक्षाकर्मीको संख्या बढाएर १८ हजार ७०८ जना पुर्‍याइएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।

नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका काम गरिरहेको छ। सुरक्षाकर्मीको संख्या थपिए पनि उद्धार कार्य अपेक्षाकृत चुस्त हुन नसकेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार हालसम्म ७ हजार ५१४ जनालाई स्थल तथा हवाईमार्गबाट उद्धार गरिएको छ। त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको उद्धार भइसकेको छ। केही व्यक्ति अझै आयोजनाका सुरुङलगायत जोखिमपूर्ण स्थानमा फसेका कारण खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

उद्धारका लागि सरकारले १६ वटा हेलिकोप्टर परिचालन गरेको छ। तर प्रभावित क्षेत्रको विकट भौगोलिक अवस्था तथा प्रतिकूल मौसमका कारण हेलिकोप्टरबाट एकैपटक ठूलो संख्यामा उडान भर्न कठिनाइ भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले उद्धारमा खटिएका सुरक्षाकर्मीले ज्यान जोखिममा राखेर काम गरिरहेको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च राख्न दैनिक खाजा खर्च तथा प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

उनका अनुसार उद्धार तथा राहतका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग लिइरहेको छ। सरकारले स्थल तथा हवाई दुवै माध्यमबाट खोजी र उद्धारलाई थप प्रभावकारी बनाउँदै बेपत्ताको खोजीलाई प्राथमिकतामा राखेको जनाएको छ।

Facebook Comments Box
आज भदौ १४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगाव बढ्दा बौद्धिक क्षेत्र फराकिलो…

TOP
15 Shares