आज भदौ १५ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष: सामाजिक कामको दायित्व बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले लामो समयदेखि रोकिएको काम पुनः अघि बढ्नेछ। प्रतिष्ठित तथा महत्वपूर्ण काम गर्ने अवसर मिल्नेछ। शुभ रंग–हरियो, शुभ अंक–३।
वृष: व्यवसायिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। परिवारसँग रमाइलो यात्राको अवसरसमेत जुर्न सक्छ। शुभ रंग–निलो, शुभ अंक–१।
मिथुन: स्वास्थ्य कमजोर हुनसक्दा काममा अपेक्षित सक्रियता नदेखिन सक्छ। सहयोगको आश्वासन दिनेहरूबाट धोका पाइने सम्भावना छ। व्यवसायिक काममा खर्च बढ्न सक्छ। अरूलाई नमागी सल्लाह दिनबाट जोगिनुहोस्। शुभ रंग–केशरी, शुभ अंक–२।
कर्कट: सेवामूलक कामबाट प्रतिष्ठा प्राप्त हुनेछ। साझेदारी तथा सट्टापट्टाका कामबाट विशेष लाभ मिल्ने समय छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर भने केही चिन्ता रहन सक्छ। शुभ रंग–निलो, शुभ अंक–८।
सिंह: उठ्नुपर्ने रकम हात लाग्नेछ। नयाँ कामको जग बसाउने अवसर प्राप्त हुनेछ। व्यापार–व्यवसायमा भने अपेक्षाअनुसार उपलब्धि नहुँदा न्यूनतममै चित्त बुझाउनुपर्ने हुन सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। शुभ रंग–आकाशी, शुभ अंक–३।
कन्या: कार्यक्षेत्रमा गरेको मेहनतको उचित मूल्यांकन हुनेछ। प्रेम सम्बन्ध थप प्रगाढ बन्नेछ। विद्यार्थीलाई अध्ययन–अध्यापनमा गुरुजनको सहयोग मिल्नेछ। केही बाध्यात्मक काममा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ। शुभ रंग–गुलाबी, शुभ अंक–३।
तुला: शत्रु तथा रोगबाट राहत मिल्नेछ। घरपरिवारसँग राम्रो तालमेल कायम हुनेछ। केही विवादमा पर्न सक्ने भएकाले बोल्दा र व्यवहार गर्दा सावधानी अपनाउनुहोस्। सवारीसाधन चलाउँदा विशेष सतर्कता आवश्यक छ। शुभ रंग–सेतो, शुभ अंक–५।
वृश्चिक: दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख र समृद्धि बढ्नेछ। आफूले चिताएको काम पूरा हुने सम्भावना छ। शुभ रंग–निलो, शुभ अंक–७।
धनु: प्रतिस्पर्धीहरूले अप्ठ्यारो पार्न सक्ने भएकाले सचेत रहनुहोस्। धन अरूको हातमा जानबाट जोगिनेछ। संगीत तथा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। शुभ रंग–सुन्तला, शुभ अंक–२।
मकर: मुद्दा–मामिलामा विजय प्राप्त हुनेछ। जीवनसाथीसँग रमणीय तथा पायक पर्ने स्थानको भ्रमणको योग छ। स्वास्थ्यले साथ दिनेछ। प्रतियोगी परीक्षामा सफलता हात लाग्ने सम्भावना छ। शुभ रंग–कलेजी, शुभ अंक–७।
कुम्भ: धन खर्च गर्दा सोचविचार गर्नुहोस्। प्रेम सम्बन्धमा भावुकता बढ्न सक्छ। स्वास्थ्य कमजोर हुनसक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस्। काममा देखिने अल्छीपन त्यागेर सक्रिय बन्नु लाभदायक हुनेछ। शुभ रंग–हल्का हरियो, शुभ अंक–७।
मीन: मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। प्रेम सम्बन्धमा आकर्षण र भावनात्मक निकटता बढ्नेछ। स्वास्थ्य तथा मनस्थिति बलियो रहनेछ। मनोबल बढ्नुका साथै आत्मविश्वाससमेत वृद्धि हुनेछ। शुभ रंग–आकाशी निलो, शुभ अंक–१।

Facebook Comments Box
आज भदौ १४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगाव बढ्दा बौद्धिक क्षेत्र फराकिलो…

TOP
15 Shares