मलेखु नजिकै शीतल बजारमा पनि सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु नजिकै शीतल बजारमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको छ।

आइतबार आएको बाढीपछि चर्किएको सडकखण्ड सोमबार थप भासिएर भत्किएको स्थानीय सुयोग मरहठ्ठाले जानकारी दिए। उनका अनुसार शीतल बजारमा करिब ६० मिटर सडक भासिएको छ।

यसअघि आइतबार नै मलेखु नजिकैको कृष्णभीर र परेवाभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो। राजमार्गका विभिन्न स्थानमा एकैपटक सडक कटान, भासिने र पहिरो जाने क्रम बढेपछि यातायात सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ।

पृथ्वी राजमार्ग काठमाडौंलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने प्रमुख स्थलमार्ग हो। राजमार्गका धेरै ठाउँमा सडक संरचनामै क्षति पुगेपछि राजधानीसँग देशका विभिन्न भाग जोड्ने मुख्य सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

लगातारको वर्षा र बाढीका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले सडक खुलाउने काममा समेत चुनौती थपिएको छ।

Facebook Comments Box
आज भदौ १४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगाव बढ्दा बौद्धिक क्षेत्र फराकिलो…

TOP
15 Shares