

रौतहटको ईशनाथस्थित बीपी आदर्श माविमा चरम भ्रष्टाचार र लापरबाही: प्रधानाध्यापकको मनोमानी हुँदा पनि नियामक निकाय मौन

रौतहट। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ७ मा रहेको श्री विशेश्वर प्रसाद कोइराला (बीपी) आदर्श उच्च माध्यमिक विद्यालय, जोकहा घिउरामा एकपछि अर्को गर्दै आर्थिक अनियमितता र लापरबाहीका घटनाहरू सार्वजनिक भएका छन्। विद्यालयमा भइरहेको यस्तो बेथितिबारे पूर्ण जानकारी हुँदाहुँदै पनि जिल्ला शिक्षा समन्वय इकाई कार्यालय गौर, जिल्ला प्रशासन कार्यालय गौर र ईशनाथ नगरपालिकाको शिक्षा शाखा रहस्यमय रूपमा मौन बसेका छन्।भर्खरै मात्र विद्यालयको पुराना रद्दी कापी-किताबहरू करिब ३०,०००/- (तीस हजार) रुपैयाँ नगदमा बिक्री गरी उक्त रकम विद्यालयको खातामा दाखिला गर्नुको सट्टा भोजभतेर गरेर सिध्याएको रहस्य खुलेको छ। त्यति मात्र होइन, विगत तीन वर्षदेखि विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक खरिद गर्दा पुस्तक व्यवसायीहरूबाट प्राप्त हुने ६ देखि ७ प्रतिशतसम्मको कमिसन (छुट) बापतको मोटो रकम समेत प्रधानाध्यापकले विद्यालयको कोषमा जम्मा नगरी सोझै आफ्नो खल्तीमा हाल्ने गरेको तथ्य बाहिर आएको छ।आर्थिक हिनामिना मात्र नभई विद्यालयको भौतिक सुरक्षामा समेत गम्भीर लापरबाही र मिलेमतोको आशंका गरिएको छ। विद्यालयको दोस्रो तल्लाबाट ६/७ वटा विद्युतीय पंखाहरू रहस्यमय तरिकाले चोरी भएका छन्। रात्रिकालीन रेखदेखका लागि विद्यालयमा कार्यालय सहयोगी कार्यरत रहँदा-रहँदै र तल्लो तल्लाको मूल गेटको ताल्चा समेत नटुटाईकन पंखाहरू गायब हुनुले चोरीमा भित्री मिलेमतो रहेको शंकालाई बलियो बनाएको छ।यस प्रकारका गम्भीर कृत्य र अनियमितताका बारेमा ईशनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख कौशल कुमार अधिकारीलाई पटक-पटक जानकारी गराउँदा र ध्यानाकर्षण गराउँदा समेत उनले कुनै चासो देखाएका छैनन्। शिक्षा शाखा प्रमुखको यो उदासीनताले भ्रष्टाचारलाई प्रश्रय दिएको स्थानीयको आरोप छ।नियमनकारी निकायहरूको यस्तो लाचारीपनका कारण विद्यालयको भविष्य कता जाने हो र यसको संरक्षण कसरी हुने हो भन्दै आम अभिभावकहरू गम्भीर चिन्तामा परेका छन्। स्थानीयबासी तथा अभिभावकहरूले यस घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषी प्रधानाध्यापक र जिम्मेवारी पन्छाउने कर्मचारीहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





