

देशभर बदली, हिमाली–पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
सोमबार पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
मलेखु नजिकै शीतल बजारमा पनि सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
आज भदौ १५ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
बेपत्ताको खोजी तथा उद्धारमा सुरक्षाकर्मीको संख्या बढ्यो, १८ हजार ७०८ जना परिचालन
-
बेत्रावतीमा बाढीको कहर : शव उठाउने मलामीसमेत छैनन्, उजाड बस्तीमा सन्नाटा
-
नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको व्यवहारप्रति स्थानीय रुष्ट: बेटी-रोटीको सम्बन्ध धरापमा, सशस्त्र प्रहरी जवाफदेही हुन सकेन
आज भदौ १४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगाव बढ्दा बौद्धिक क्षेत्र फराकिलो…





