

अमेरिकाद्वारा नेपालमा अर्को विद्रोहको आंकलन : अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह, प्रदर्शन र सीमावर्ती क्षेत्रमा नजान चेतावनी

काठमाडौं । नेपाल भ्रमणको तयारीमा रहेका आफ्ना नागरिकलाई अमेरिकी विदेश मन्त्रालयले सम्भावित प्रदर्शन, स्थानीय अशान्ति र सीमावर्ती क्षेत्रमा उत्पन्न हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले हालै जारी गरेको ‘ट्राभल एडभाइजरी’ मा नेपाललाई दोस्रो तहको सतर्कता अपनाउनुपर्ने मुलुकको सूचीमा राख्दै यात्राका क्रममा थप सावधानी अपनाउन सुझाव दिएको हो।

गत भदौमा देशव्यापी रूपमा भएको प्रदर्शन हाल रोकिएको भए पनि शहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक भड्किन सक्ने जोखिम अझै कायम रहेको अमेरिकी विदेश मन्त्रालयको आकलन छ। प्रदर्शनहरू पूर्वसूचनाबिनै सुरु हुन सक्ने र छोटो समयमै हिंसात्मक रूप लिन सक्ने भन्दै यात्रुहरूलाई सचेत गराइएको छ।
अमेरिकी नागरिकलाई ठूला भीडभाड तथा प्रदर्शनस्थलबाट टाढा रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न र आफ्नो यात्राका क्रममा विकसित हुने सुरक्षा अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गरिएको छ।
यसैगरी, अमेरिकी विदेश मन्त्रालयले रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमावर्ती क्षेत्रमा समेत नजान आफ्ना नागरिकलाई सतर्क गराएको छ।
नेपालमा भ्रमणका क्रममा कुनै अप्रत्याशित घटना वा अशान्ति उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी पक्षले आफ्ना नागरिकलाई सुरक्षा अवस्थाको मूल्याङ्कन गरेर मात्र यात्रा गर्न र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





