

आज भदौ २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष- आज नयाँ योजना बनाउने र त्यसलाई कार्यान्वयनतर्फ अघि बढाउने अनुकूल समय छ । लामो समयदेखि रोकिएका कामले गति लिन सक्छन् । आर्थिक अवस्थामा क्रमिक सुधार आउनेछ भने आफन्त तथा साथीभाइको साथ मिल्नेछ । बिहान सूर्यदेवलाई जल अर्पण गरेर दिनको सुरुवात गर्नु लाभदायी हुनेछ ।
वृष– व्यापार तथा व्यवसायमा अपेक्षित लाभ हासिल हुन सक्छ । प्रभावशाली व्यक्तिसँगको भेटले नयाँ अवसरको ढोका खोल्नेछ । तपाईंको बोली र व्यवहारले अरूलाई प्रभावित पार्नेछ । घर परिवारमा खुसीको वातावरण रहनेछ । आज असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई भोजन गराउनु शुभ मानिन्छ ।
मिथुन– मनमा नयाँ सोच र विचारहरू उत्पन्न हुनेछन् । आएका योजनालाई व्यवहारमा उतार्ने अवसर समेत मिल्नेछ । अध्ययन, लेखन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक खर्च बढ्न नदिन सचेत रहनु राम्रो हुनेछ । गणेशजीको स्मरण गर्दै दिनको सुरुवात गर्नु सकारात्मक रहनेछ ।
कर्कट– परिवारका सदस्यबाट आवश्यक सहयोग र हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखापर्नेछ । विगतका तनाव तथा चिन्ता क्रमशस् कम हुँदै जानेछन् । आफूलाई आवश्यक परेको वस्तु खरिद गर्ने अवसर पनि मिल्न सक्छ । साँझ चन्द्रमालाई शुद्ध जल अर्पण गर्नु शुभ हुनेछ ।
सिंह- आज तपाईंको आत्मविश्वास र सक्रियता बढ्नेछ । सामाजिक प्रतिष्ठा तथा मान सम्मानमा वृद्धि हुने सम्भावना छ । नयाँ जिम्मेवारी पाउन सकिनेछ भने सिर्जनात्मक काममा राम्रो सफलता मिल्नेछ । प्रभावशाली व्यक्तिबाट प्रशंसा प्राप्त हुने योग छ । दिनको सुरुवात बुबाको आशीर्वाद लिएर गर्नु शुभ हुनेछ ।
कन्या- आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ । व्यापारमा सामान्य लाभ भएपनि कार्य क्षेत्रमा जिम्मेवारी र कामको बोझ बढ्न सक्छ । यात्राका क्रममा सामान्य झन्झट आउन सक्ने भएकाले तयारी गरेर हिँड्नुहोला । व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यप्रति ध्यान दिनु उचित हुनेछ । आज हरियो मुङ दान गर्नु शुभ फलदायी मानिन्छ ।
तुला- आज नयाँ व्यक्तिसँग चिनजान हुने र सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना छ । साथीभाइ तथा सहकर्मीबाट महत्वपूर्ण सहयोग मिल्नेछ । प्रेम र दाम्पत्य जीवनमा आपसी समझदारी तथा आत्मीयता बढ्नेछ । आर्थिक लाभका नयाँ बाटा खुल्न सक्छन् । सुगन्धित वस्तुको प्रयोगले सकारात्मक ऊर्जा बढाउने विश्वास गरिन्छ ।
वृश्चिक– आज तपाईंको आत्मबल र पराक्रम बढ्नेछ । थालेका कामहरू विस्तारै सफलतापूर्वक सम्पन्न हुँदै जानेछन् । फोन, सञ्चार वा सम्पर्कका माध्यमबाट महत्वपूर्ण खबर प्राप्त हुन सक्छ । परिवारमा सुखद वातावरण रहनेछ । हनुमानजीको स्मरण गरी दिनको सुरुवात गर्नु शुभ रहनेछ ।
धनु- काम सम्पन्न गर्न केही समय बढी लाग्न सक्छ । पारिवारिक जिम्मेवारी थपिने भएकाले व्यस्तता बढ्नेछ । सानातिना कुरामा अनावश्यक तनाव नलिनुहोस् । व्यापार तथा जागिरको अवस्था सामान्य रहनेछ । आज पहेंलो फलफूल दान गर्दा सकारात्मक फल प्राप्त हुने विश्वास गरिन्छ ।
मकर– मेहनतअनुसार आम्दानी बढ्ने र आर्थिक स्थिति बलियो बन्ने संकेत छ । आफ्नो परिश्रमबाट नयाँ आम्दानीको स्रोतसमेत जोडिन सक्छ । सामाजिक क्षेत्रमा प्रभाव र सक्रियता बढ्नेछ । परिवारका सदस्यबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । श्रमजीवी तथा मेहनतकस व्यक्तिलाई भोजन गराउनु शुभ हुनेछ।
कुम्भ- बौद्धिक क्षमता र सिर्जनशीलताले आज राम्रो परिणाम दिनेछ । नयाँ सीप तथा ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन सक्छ । परिवारसँग सम्बन्धित केही विषयले मनमा चिन्ता बढाउन सक्छन् । परिस्थितिलाई शान्त भएर सामना गर्दै अघि बढ्नु राम्रो हुनेछ । आज कालो तिल दान गर्नु शुभ मानिन्छ ।
मीन– आजको दिन उत्साहजनक र सकारात्मक रहनेछ । आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ । परिवार तथा प्रेम सम्बन्धमा न्यानोपन र समझदारी बढ्नेछ । सामाजिक तथा सेवामूलक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ । भगवान् विष्णुको ध्यान तथा स्मरण गर्दै दिनको सुरुवात गर्नु शुभ फलदायी हुनेछ ।
समाज
थप सामाग्री-
युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर मनाइँदै
-
आज कुशेऔँशी : घरघरमा कुश भित्र्याउँदै, बाबुको मुख हेर्ने पर्व मनाइँदै
-
आज भदौ २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
भूकम्पले हल्लायो उपल्लो मुस्ताङ, ५ सयसम्म घर चर्किए, ऐतिहासिक दरबारदेखि विद्यालयसम्ममा क्षति
-
विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : आज हातमा आएको काम समयमै सम्पन्न हुनेछ। नयाँ जिम्मेवारी…





