

रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै

रौतहट। रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन माग गर्दै स्थानीय बासिन्दाहरू फेरि आन्दोलित भएका छन्। नेपाल सिमाना सँघर्ष समिति, रामपुर खाप को अगुवाइमा आज बिहीबार दिउँसो ३ बजेदेखि धर्ना प्रदर्शन तथा रिले अनसन बस्ने गरी विरोधका कार्यक्रमहरू सार्वजनिक गरिएको हो।
रामपुर खाप र आसपासका सीमावर्ती क्षेत्रका बासिन्दाहरूले यो नाका सञ्चालनका लागि विगत केही वर्षदेखि निरन्तर आमरण अनसनसहितका विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएका छन्। यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालय गौर र जिल्ला भन्सार कार्यालय गौरमार्फत पटक-पटक सम्बन्धित मन्त्रालय र विभागमा ज्ञापनपत्र बुझाएका थिए। तर, हालसम्म माथिल्लो निकायबाट कुनै ठोस पत्राचार वा नाका खोल्ने पहल नभएकाले बाध्य भएर पुनः आन्दोलनको बाटो रोज्नुपरेको सँघर्ष समितिले आरोप लगाएको छ।
विशेष गरी सीमा क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीयको वैवाहिक र पारिवारिक सम्बन्ध भारततर्फ रहेको छ। त्यसका साथै आकस्मिक तथा उचित स्वास्थ्य उपचारका लागि समेत उनीहरू भारतकै अस्पतालहरूमा जाने गरेका छन्। तर, भन्सार नाका बन्द हुँदा आम जनता र सवारी साधनको आवतजावत ठप्प पारिएकाले स्थानीयबासीहरू निकै आक्रोशित बनेका छन्। राज्य र सम्बन्धित निकायले आफ्नो दैनिक जनजीवनसँग जोडिएको यो संवेदनशील समस्याप्रति पूर्ण रूपमा चासो नदिएको भन्दै सीमाबासीले यसपटक माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
समाज
थप सामाग्री-
विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल
-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने सम्भावना छ। नयाँ कामको योजना…





