

युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर मनाइँदै

काठमाडौँ । राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका भट्टको जन्म विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन भएको थियो। ३० वर्षको अल्पायुमै विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन निधन भएका भट्टले छोटो जीवनकालमै नेपाली साहित्यमा अतुलनीय योगदान दिएका थिए।
भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै प्रयासबाट नेपालमा साहित्यिक सिर्जना तथा प्रकाशनको क्षेत्रमा नयाँ युगको सुरुवात भएको मानिन्छ। नेपालमा पत्रकारिताको विकासको प्रारम्भसँग समेत उनको छापाखाना स्थापनाको प्रयासलाई जोडेर हेर्ने गरिन्छ।
जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्दैछन्।
नेपाली शिक्षा परिषद्ले दिउँसो २ बजे कवि सम्मेलन तथा ‘युवा वर्ष मोती पुरस्कार’ वितरण कार्यक्रम आयोजना गर्न लागेको छ। परिषद्का अध्यक्ष रमा शर्माका अनुसार कार्यक्रममा साहित्यकार तथा कविहरूको सहभागिता रहनेछ।
नेपाली साहित्यमा गजल, कविता तथा पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएका मोतीराम भट्टलाई नेपाली साहित्यको आधुनिक युगका प्रारम्भकर्ताका रूपमा समेत स्मरण गरिँदै आएको छ।
समाज
थप सामाग्री-
युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर मनाइँदै
-
आज कुशेऔँशी : घरघरमा कुश भित्र्याउँदै, बाबुको मुख हेर्ने पर्व मनाइँदै
-
आज भदौ २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
भूकम्पले हल्लायो उपल्लो मुस्ताङ, ५ सयसम्म घर चर्किए, ऐतिहासिक दरबारदेखि विद्यालयसम्ममा क्षति
-
विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : आज हातमा आएको काम समयमै सम्पन्न हुनेछ। नयाँ जिम्मेवारी…





