
युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर मनाइँदै

काठमाडौँ । राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका भट्टको जन्म विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन भएको थियो। ३० वर्षको अल्पायुमै विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन निधन भएका भट्टले छोटो जीवनकालमै नेपाली साहित्यमा अतुलनीय योगदान दिएका थिए।
भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै प्रयासबाट नेपालमा साहित्यिक सिर्जना तथा प्रकाशनको क्षेत्रमा नयाँ युगको सुरुवात भएको मानिन्छ। नेपालमा पत्रकारिताको विकासको प्रारम्भसँग समेत उनको छापाखाना स्थापनाको प्रयासलाई जोडेर हेर्ने गरिन्छ।
जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्दैछन्।
नेपाली शिक्षा परिषद्ले दिउँसो २ बजे कवि सम्मेलन तथा ‘युवा वर्ष मोती पुरस्कार’ वितरण कार्यक्रम आयोजना गर्न लागेको छ। परिषद्का अध्यक्ष रमा शर्माका अनुसार कार्यक्रममा साहित्यकार तथा कविहरूको सहभागिता रहनेछ।
नेपाली साहित्यमा गजल, कविता तथा पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएका मोतीराम भट्टलाई नेपाली साहित्यको आधुनिक युगका प्रारम्भकर्ताका रूपमा समेत स्मरण गरिँदै आएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





