नेपाली बजारमा सुनको मूल्य घट्यो, तोलामा ४ हजार ८ सयले गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ ।

बुधबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २ सय ५५ रुपैयाँले घटेको हो ।

Facebook Comments Box
TOP
15 Shares