
भोटेकोशी बाढीपछि पुनःस्थापनामा जुट्यो प्रहरी, सरसफाइदेखि मनोपरामर्शसम्म सक्रियता

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको दैनिकी सामान्य बनाउन नेपाल प्रहरीले उद्धारसँगै पुनःस्थापना र सरसफाइ अभियानलाई तीव्रता दिएको छ।
बाढीले नदी तटीय क्षेत्रका बस्ती, सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थानमा थुप्रिएको ढुंगा, माटो, बालुवा र भग्नावशेष हटाउन प्रहरी निरन्तर परिचालित भइरहेको छ।
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा घर तथा सार्वजनिक संरचनाको सरसफाइ, भग्नावशेष हटाउने, विद्यालय तथा स्वास्थ्य संस्था पुनःसञ्चालनमा सहजीकरण गर्ने र भग्नावशेषबाट भेटिएका धनमाल सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
स्थानीय तह, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्दै सीमित स्रोतसाधनका बाबजुद प्रहरीले विपद्पछिको व्यवस्थापन र पुनःस्थापनाको कामलाई तीव्र बनाएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले बाढी प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्काउन प्रहरी थप सक्रिय भएर परिचालित भइरहेको बताए।
उनका अनुसार पीडितका घर सफा गर्ने, भग्नावशेषबाट फेला परेका धनमाल सम्बन्धित धनीलाई बुझाउने तथा विद्यालय र स्वास्थ्य संस्थामा थुप्रिएको ढुंगा–माटो हटाउने काममा प्रहरी अहोरात्र खटिएको छ।
बाढीबाट भएको भौतिक क्षतिसँगै प्रभावित नागरिकमा परेको मनोवैज्ञानिक त्रास र मानसिक तनावलाई समेत प्रहरीले प्राथमिकतामा राखेको छ। विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी आवश्यक मनोपरामर्श सेवा उपलब्ध गराउँदै उनीहरूलाई सामान्य जीवनमा फर्काउन सहजीकरण भइरहेको प्रहरीले जनाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक प्रहरी शाखामार्फत महिला, बालबालिका, युवा, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग समन्वय गरी पुनःस्थापनाका गतिविधि अघि बढाइएको छ।
त्यस्तै, बाढी प्रभावित जिल्लाका होल्डिङ सेन्टर तथा अन्य स्थानमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार तथा हिंसा रोक्न प्रहरीले विशेष संवेदनशीलता अपनाएको जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई राहत वितरणमा समेत स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म १९६ वटा कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट ४७ हजार ७७४ जना लाभान्वित भएका छन्।
विपद्पछिको उद्धार, व्यवस्थापन तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले ‘टिमुरे टु त्रिवेणी’ अप्रेसनसमेत सञ्चालन गरिरहेको छ।
भोटेकोशी बाढीको त्रास अझै पूर्णरूपमा हटिनसके पनि प्रभावित क्षेत्रका घर–आँगन, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक संरचनामा थुप्रिएको हिलो, माटो र भग्नावशेष हटाउन प्रहरीसँगै स्थानीय बासिन्दासमेत सक्रिय हुन थालेका छन्। बाढीपछिको पुनःस्थापनामा सुरक्षा निकाय र समुदायबीचको सहकार्यले प्रभावित क्षेत्रमा क्रमशः जनजीवन सामान्यतर्फ फर्काउन सहयोग पुगेको छ।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
७ घण्टा अगाडि
550Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





