
त्रिपुरेश्वरमा बस आगजनी : ९० प्रतिशत शरीर जलेका चालक अर्जुनदावाको उपचारकै क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ ।
मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालकी निर्देशक निजिना ताम्राकारले जानकारी दिइन् ।
आगलागीबाट लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो । घटना लगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गम्भीर अवस्थामा रहेका लामाको उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटना हुनुभन्दा केही मिनेटअघि १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको प्रारम्भिक विवरण खुलेको छ । त्यसपछि बसमा आगजनी भएको घटनाको पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । सात भाइमध्ये एक रहेका लामा विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए ।
उनले यसअघि ट्याक्सी तथा चन्द्रागिरि यातायातका सवारीसाधन चलाउँदै आएका थिए । पछिल्लो ३–४ महिनादेखि भने उनी ऋद्धिसिद्धि यातायातमा चालकका रूपमा कार्यरत थिए ।
बसमा आगजनी कसरी भयो, घटनामा को–को संलग्न थिए र त्यसको वास्तविक कारण के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
२ दिन अगाडि
1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…





