
प्रतिनिधिसभा बैठक आज : प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र पढेर सुनाइँदै, विभिन्न विधेयक अघि बढाइने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा राष्ट्रपतिबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेदेखि विभिन्न विधेयक अघि बढाउनेसम्मका कार्यसूची तय भएका छन्।
बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा सदनसमक्ष पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।
त्यसपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नेछिन्।
प्रतिनिधिसभाको बैठकसँगै आज सङ्घीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिका बैठकसमेत बस्ने भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक आज बस्दैछन्।
प्रतिनिधिसभाको बैठकमा विधेयकसम्बन्धी महत्वपूर्ण कार्य अघि बढ्ने भएकाले आजको बैठकलाई विधायी कार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
१ दिन अगाडि
1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…





