
भारी वर्षाको जोखिमपछि विराटनगरका सबै विद्यालय दुई दिन बन्द

विराटनगर । सम्भावित भारीदेखि अति भारी वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय असोज ८ र ९ गते बन्द गर्न निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। लगातार वर्षा हुँदा स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्ती डुबानमा पर्न सक्ने, बाटोघाटो अवरुद्ध हुन सक्ने तथा अन्य विपद्जन्य जोखिम सिर्जना हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी, शिक्षक तथा आम नागरिकको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ।
महानगरपालिकाले विद्यालय बन्दको अवधिमा विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै, सुरक्षित विद्यालय भवनहरूलाई आवश्यकताअनुसार विपद् प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न विद्यालयहरूलाई अनुरोध गरिएको छ।
विपद्को अवस्था सिर्जना भएमा विद्यालय भवनलाई आश्रयस्थलका रूपमा प्रयोग गर्ने तथा आवश्यक समन्वयका लागि सम्बन्धित विद्यालय प्रशासनलाई स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहनसमेत महानगरपालिकाले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
बंगालको खाडीको न्यूनचापीय प्रणाली जमिनमा प्रवेश, आज र भोलि भारी वर्षाको सम्भावना
-
आज असोज ८ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
बंगालको खाडीको प्रणाली थप शक्तिशाली बन्दै, देशभर भारी वर्षाको सम्भावना
-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष– आज रोकिएका तथा अधुरा कामलाई अघि बढाउने अनुकूल अवसर मिल्नेछ…





