
राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार बिहीबारदेखि एक हजार दरका नयाँ नोट प्रचलनमा ल्याउन लागिएको हो। साविककै आकारमा तयार गरिएको नयाँ नोटमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।
नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। सोही पानी छापको मुनि १००० अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको मध्य भागमा चितवनस्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका हात्तीमध्ये देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने ‘राम’ र ‘लक्ष्मण’ नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको सिरिज ‘२०२५’ रहेको छ। यसको संकेत नम्बर ९२०००००१ देखि ५०९९९९९९ सम्म रहेको जनाइएको छ।
नयाँ नोट चलनचल्तीमा आए पनि साविकका एक हजार रुपैयाँ दरका नोटको प्रचलन यथावत् रहनेछ।
समाज
थप सामाग्री-
बंगालको खाडीको न्यूनचापीय प्रणाली जमिनमा प्रवेश, आज र भोलि भारी वर्षाको सम्भावना
-
आज असोज ८ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
बंगालको खाडीको प्रणाली थप शक्तिशाली बन्दै, देशभर भारी वर्षाको सम्भावना
-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष– आज रोकिएका तथा अधुरा कामलाई अघि बढाउने अनुकूल अवसर मिल्नेछ…





