
सुनको मूल्य ३ लाखमुनि झर्यो, एकैदिन तोलामा ३ हजार २ सयले घट्यो

काठमाडौं । पछिल्लो समय लगातार उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार घटेर प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार २ सय रुपैयाँले कम हो।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको गिरावटसँगै सुनको मूल्य पुनः ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमाभन्दा तल आएको हो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार चाँदीको मूल्य पनि एकैदिन प्रतितोला १ सय ६५ रुपैयाँले घटेको हो।
समाज
थप सामाग्री-
बंगालको खाडीको न्यूनचापीय प्रणाली जमिनमा प्रवेश, आज र भोलि भारी वर्षाको सम्भावना
-
आज असोज ८ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
बंगालको खाडीको प्रणाली थप शक्तिशाली बन्दै, देशभर भारी वर्षाको सम्भावना
-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष– आज रोकिएका तथा अधुरा कामलाई अघि बढाउने अनुकूल अवसर मिल्नेछ…





