
कैलालीमा च्याउ टिप्न गएका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु

धनगढी । कैलालीमा च्याउ टिप्न सामुदायिक वनमा गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थल पुगेको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
समाज
थप सामाग्री
चाडपर्व लक्षित ट्राफिक प्रहरी प्रभाग कपनको माइकिङ अभियान सुरु
१८ घण्टा अगाडि
2.8kViews 60 Shares Share on Facebook Share on Twitter काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी प्रभाग कपनले…





