
गुल्मीमा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका–५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी आफ्नै खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
मंगलबार दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी त्यसपछि सम्पर्कविहीन भएका थिए । आफन्त तथा छरछिमेकीले खोजी गर्ने क्रममा बुधबार बिहान सिमलचौरस्थित आफ्नै खेतमा उनलाई मृत अवस्थामा फेला पारेका हुन् ।
प्रहरीका अनुसार विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर भण्डारीको मृत्यु भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
२ दिन अगाडि
1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…





