कांग्रेसको १५औँ महाधिवेशनमा दुई घण्टामा १ हजार २९३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशमा उक्त मत खसेको हो।

मतदानको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त रूपमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमती प्रदेशमा २१७ मत खसेको छ।

मतदान प्रक्रिया निर्वाध रूपमा सञ्चालन भइरहेको जनाइएको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी रहेका छन्।

पहिलो दुई घण्टामा खसेको मतका आधारमा मतदान प्रक्रिया अघि बढिरहेको छ।

Facebook Comments Box
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि

3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…

TOP
15 Shares