गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने

काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले तोकिएको मापदण्डविपरीत सुरक्षाकर्मी खटाउने अधिकारी तथा पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएका हुन्।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ मा बहालवाला तथा पूर्वपदाधिकारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीसम्बन्धी स्पष्ट व्यवस्था भए पनि त्यसविपरीत सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गत असोज २२ गते नै कार्यविधिविपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका वा राखिएका सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाएको छ।

निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा त्यसरी खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

त्यस्तै, कानुनविपरीत सुरक्षाको कामबाहेक अन्य घरायसी वा व्यक्तिगत प्रयोजनमा सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा खटिएका सुरक्षाकर्मी वा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी तथा उजुरी दिन सक्ने मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…

TOP
30 Shares