
कपनमा दिउँसै लुटपाट र चोरीका घटना बढ्दै

कपन, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ मा दिउँसै करिब १६ लाख रुपैयाँ लुटपाट भएको खबर सार्वजनिक भएपछि स्थानीयवासीमा सुरक्षा चिन्ता बढेको छ। केही दिनअघि मात्रै कपनको बालुवाखानी क्षेत्रमा दिउँसै एक घरबाट करिब ३३ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको घटना सार्वजनिक भएको थियो।
एकपछि अर्को गर्दै चोरी तथा लुटपाटका घटना सार्वजनिक हुन थालेपछि कपन क्षेत्रको शान्तिसुरक्षा र प्रहरीको सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठ्न थालेका छन्। दिनदहाडै ठूलो रकम लुटिने र घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी हुने घटनाले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ।
आखिर कपन क्षेत्रमा चोरी, लुटपाट तथा डकैतीका घटना किन भइरहेका छन्? अपराध नियन्त्रणका लागि प्रहरीले अपनाएको सुरक्षा रणनीति कति प्रभावकारी छ? नियमित गस्ती, निगरानी र सम्भावित अपराधीमाथिको निगरानी पर्याप्त छ कि छैन? पछिल्ला घटनाले यी प्रश्नको निष्पक्ष समीक्षा गर्नुपर्ने आवश्यकता देखाएका छन्।
स्थानीयवासीका अनुसार कपनका विभिन्न क्षेत्रमा जुवातास तथा लङ्गुरबुर्जा खेल्ने गतिविधि खुलेआम भइरहेको विषयमा समेत गुनासो सुनिँदै आएको छ। यस्ता गतिविधि कानुनविपरीत सञ्चालन भइरहेका छन् भने सम्बन्धित निकायले प्राप्त उजुरीमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने देखिन्छ।
चोरी तथा लुटपाटका घटनामा संलग्न व्यक्तिको पहिचान, घटनाको अनुसन्धान, चोरी भएको धनमालको खोजी र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा योजना आवश्यक छ। त्यसका लागि सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित प्रहरी गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी र स्थानीयवासीसँगको समन्वयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
अपराध भइसकेपछि अनुसन्धान र पक्राउ गर्नु मात्र पर्याप्त हुँदैन, अपराध हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पनि प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी हो। कपन क्षेत्रमा पछिल्लो समय सार्वजनिक भएका घटनाको वास्तविक अवस्था, अपराधको प्रवृत्ति र प्रहरीको कार्यसम्पादनबारे सम्बन्धित निकायले तथ्यमा आधारित समीक्षा गर्नुपर्ने देखिएको छ।
स्थानीयवासीले सुरक्षित वातावरणमा बस्न पाउनु उनीहरूको आधारभूत अपेक्षा हो। त्यसैले कपन क्षेत्रमा भएका चोरी तथा लुटपाटका घटनाको निष्पक्ष अनुसन्धान गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित प्रहरी निकायको ध्यान जान आवश्यक छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
-
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
-
कान्तिलोकपथको पहिरो हटाउन ढिलाइ किन? जनताको दुःखमाथि राजनीति नगरौँ
-
एआईजी बंशीराज दाहालमाथिको छानबिन सकियो, दोषी देखिएको स्रोतको दाबी; घटुवादेखि बर्खास्तसम्मको कारबाही सिफारिस
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…





