
बाँकेमा सांसद खगेन्द्र सुनारविरुद्ध स्थानीयको गुनासो, महामन्त्री आचार्यसमक्ष पोखे असन्तुष्टि

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेद्वारा आयोजित बाँके घण्टीघर उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनारप्रति स्थानीयवासीले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी स्थानीयवासीले सांसद सुनार निर्वाचन क्षेत्रमा नियमित रूपमा उपस्थित नहुने गरेको गुनासो गर्दै जनताका समस्या र अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्। उनीहरूले आफ्ना गुनासा रास्वपाका केन्द्रीय महामन्त्री विपिनकुमार आचार्यसमक्ष प्रत्यक्ष रूपमा राखेका थिए।
निर्वाचनपछि जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग नियमित सम्पर्कमा रहेर उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने अपेक्षा गरिन्छ। तर, सांसद सुनारको क्षेत्रीय उपस्थितिलाई लिएर सार्वजनिक कार्यक्रममा नै प्रश्न उठेपछि उनको कार्यशैली र जनतासँगको सम्बन्धबारे बहस सुरु भएको छ।
यसैबीच, सुनारविरुद्ध विभिन्न विषयमा उजुरी परेको विवरणसमेत सार्वजनिक भइरहेका छन्। रास्वपाकै स्थानीयस्तरमा सांसदको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त हुन थालेपछि पार्टी नेतृत्वले यस विषयलाई कसरी लिन्छ भन्ने चासो बढेको छ। स्थानीयवासीका गुनासा सम्बोधन गर्न सांसद सुनार र पार्टी नेतृत्वले कस्तो पहल गर्छन् भन्ने विषयले आगामी दिनमा थप महत्त्व पाउने देखिन्छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
-
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
-
कान्तिलोकपथको पहिरो हटाउन ढिलाइ किन? जनताको दुःखमाथि राजनीति नगरौँ
-
एआईजी बंशीराज दाहालमाथिको छानबिन सकियो, दोषी देखिएको स्रोतको दाबी; घटुवादेखि बर्खास्तसम्मको कारबाही सिफारिस
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…





