नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन्।

शुक्रबार भएको मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा राति अबेरदेखि सुरु भएको मतगणना भर्खरै सम्पन्न भएको हो। महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले मतगणना सम्पन्न भएको जानकारी दिएका छन्।

गौतमका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा ५४ मत बदर भएको थियो।

निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेका थिए। तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।

सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिएको छ। अन्य पदको मतगणना त्यहीँ गरिने जनाइएको छ।

Facebook Comments Box
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…

TOP
15 Shares