
बीपी राजमार्ग पुनः सञ्चालनमा, पिन्थलीमा पहिरो र लेदो हटाइयो

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थलीमा पहिरोसँगै लेदो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
रातिदेखि अवरुद्ध राजमार्गमा पहिरो र लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो । सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।
वर्षा र पहिरोका कारण राजमार्गमा जोखिम कायमै रहन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ ।
प्रशासनले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ लाग्न अनुरोध गरेको छ । विशेषगरी पहिरोको जोखिम रहेका स्थानमा सावधानी अपनाउन र सडकको अवस्था प्रतिकूल देखिएमा अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ ।
राजमार्गको अवस्थाबारे जानकारी लिन स्थानीय प्रहरी, प्रहरीको आपत्कालीन नम्बर १०० वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
-
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
-
कान्तिलोकपथको पहिरो हटाउन ढिलाइ किन? जनताको दुःखमाथि राजनीति नगरौँ
-
एआईजी बंशीराज दाहालमाथिको छानबिन सकियो, दोषी देखिएको स्रोतको दाबी; घटुवादेखि बर्खास्तसम्मको कारबाही सिफारिस
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…





