
पृथ्वी राजमार्ग खुलाउन भासिएको सडकको भित्तातर्फ कटान, साँझसम्म सञ्चालनमा ल्याउने प्रयास

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा भासिएको सडक खुलाउन भित्तातर्फ कटान सुरु गरिएको छ । सडक चौडा पारेर शनिबार साँझसम्म राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो ।
नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार शनिबार बिहानैदेखि स्काभेटर प्रयोग गरी सडकको भित्तातर्फ कटान भइरहेको छ । कामका क्रममा थप समस्या नआए साँझसम्म सडक खुलाउने लक्ष्य राखिएको उनले बताए ।
त्रिशूली नदीले सडकको नदीतर्फको भाग कटान गरेपछि गलौंदीमा करिब ६० मिटर सडकखण्ड प्रभावित भएको हो । सडक भासिएपछि थप क्षति हुन सक्ने जोखिम बढेकाले पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ । भासिएको सडकखण्डमा थप जोखिम देखिएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गरिएको प्रशासनको भनाइ छ ।
पृथ्वी राजमार्ग हुँदै सामान्य अवस्थामा दैनिक १३ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । दसैं–तिहारजस्ता ठूला चाडपर्वका बेला सवारीसाधनको चाप तेब्बरसम्म पुग्ने गरेको छ । चाडपर्वको मुखमा राजमार्ग अवरुद्ध हुँदा घर फर्किने यात्रु, लामो दूरीका सवारीचालक तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन् ।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले सम्बन्धित निकायले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । सडक पूर्ण रूपमा सुरक्षित भएको सुनिश्चित भएपछि मात्रै सवारी आवागमन खुलाइने भएकाले यात्रुले प्रशासन तथा सडक आयोजनाबाट जारी हुने सूचनालाई ध्यान दिनुपर्नेछ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
-
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
-
कान्तिलोकपथको पहिरो हटाउन ढिलाइ किन? जनताको दुःखमाथि राजनीति नगरौँ
-
एआईजी बंशीराज दाहालमाथिको छानबिन सकियो, दोषी देखिएको स्रोतको दाबी; घटुवादेखि बर्खास्तसम्मको कारबाही सिफारिस
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…





