
चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन आईजीपी दानबहादुर कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चाडपर्व लक्षित सुरक्षा व्यवस्था सुदृढ बनाउन मातहतका प्रहरी कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन्।
आईजीपी कार्कीले समसामयिक विषय तथा चाडपर्व लक्षित सुरक्षा योजनाबारे भर्चुअल कन्फरेन्समार्फत प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका हुन्। कार्यक्रममा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालय, गण तथा गुल्म र जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायत प्रहरी निरीक्षक प्रमुख रहने कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विभागीय प्रमुखहरूको समेत उपस्थिति थियो।
चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई समयमै पहिचान गरी प्रभावकारी नियन्त्रण गर्न आईजीपी कार्कीले निर्देशन दिएका छन्। उनले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन तथा सर्वसाधारणले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सक्ने अवस्था सुनिश्चित गर्न जोड दिएका हुन्।
त्यसैगरी, चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन, सडक सुरक्षा प्रभावकारी तुल्याउन तथा सम्भावित दुर्घटना र अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष ध्यान दिन उनले निर्देशन दिएका छन्।
चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै आईजीपी कार्कीले प्रहरीको सक्रियता, जिम्मेवारीबोध र प्रभावकारी परिचालनमार्फत सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएका छन्।
समाज
थप सामाग्री-
अध्यागमन विभागमा यो कस्तो सेटीङ्ग ? बंगलादेशी नागरिकलाई श्रीलंका डिपोर्ट,महबूब हसन नेपाल घुम्दै !
-
आज असोज २५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन आईजीपी दानबहादुर कार्कीको निर्देशन
-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter ललितपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको लेले–टीकाभैरव सडकखण्डमा असोज ६ गते गएको पहिरो…





