
अध्यागमन विभागमा यो कस्तो सेटीङ्ग ? बंगलादेशी नागरिकलाई श्रीलंका डिपोर्ट,महबूब हसन नेपाल घुम्दै !

काठमाडौं । गत भदौ २२ गते ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियोे ।
काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियोे । उपत्यका अपराध अनुसन्धान कार्यालयका टेकुले पक्राउ गरी आवस्यक छानबिन समेत गरेको थियो।
तत्कालीन समयमा पक्राउ पर्नेमा बंगलादेशको गाजीपुर, पुलिस स्टेशन गदबपुर घर भई ठमेल बस्ने ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी–केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ थिए।
प्रहरीले उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायत स्थानबाट नियन्त्रणमा लिइएको थियोे । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार सो समयमा पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको थियो ।
यसरी उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकुले पक्राउ गरे पश्चात् आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मध्य एक जनालाई बंगलादेश डिपोर्ट गरीएको थियो भने अर्कोलाई श्रीलंका ।सोर्तका अनुसार बंगलादेश डिपोर्ट हुनेमा ४९ वर्षीय रेपोन मेहमूद थिए भने श्रीलंका डिपोर्ट हुनेमा ४६ वर्षीय फहिमा अक्तार हसन थिए ।अब प्रश्न उठछ बंगलादेशी नागरिकलाई श्रीलंका किन डिपोर्ट गरियो ?यहाँ निर अध्यागमन विभागको गम्भीर लापरबाही देखिन्छ ।अध्यागमन सोर्तका अनुसार ४६ वर्षीय फहिमा अक्तार हसनलाई श्रीलंका पठाउन अध्यागमन विभागका अधिकृत कृष्ण ढकालले चलखेल गरेको हुनसक्ने बताइन्छ ।
बंगलादेशी नागरिकलाई आफ्नै देशमा डिपोर्ट नगरी श्रीलंका पठाउनु गैरकानुनी कार्य रहेको जानकारहरुले बताउँदै आएका छन।पक्राउ परेका मध्ये तेस्रो व्यक्ति थिए ४५ वर्षीय महबूब हसन।सोर्तका अनुसार हसनले बंगलादेशमा ठुलै अपराधीक क्रियाकलाप गरेका कारण हाल उनि सो देशको फरार सुचिमा समेत रहेको बताइन्छ ।महबूब हसन आफ्नो जन्मभूमि बंगलादेश गएमा त्यहाँ उनले गरेको अपराधका कारण एयरपोर्ट बाटै पक्राउ पर्ने डरले नेपालको अध्यागमन विभागमा ठुलै आर्थिक चलखेल गरी हाल उनि नेपालमै रहेको बुझिन्छ ।महत्त्वपूर्ण कुरा भनेको यस्ता अपराधमा संलग्नहरु विना भिषा नेपालमा कसरी प्रवेश गरे ? कुन मार्ग हुँदै आए भन्ने विषयमा अनुसन्धानमा खुलेको देखिदैन भने बाँकी सात जनाको अबस्था के छ ? तिनलाई कहाँ डिपोर्ट गरियो भन्ने विषय हालसम्म गौण रहेको बुझिन्छ ।यस विषयमा बुझ्न अध्यागमन विभागका अधिकृत कृष्ण ढकाललाई सम्पर्क गर्दा फोन काटि दिएका छन।
यस्तो छ सम्मानित सर्वोच्च अदालतको आदेस
प्रस्तुत विवादमा निवेदकहरूको पक्राउ पर्नुको आधार केवल भिसाको अवधि समाप्त भएको भन्ने विषयमा मात्र सीमित नरही प्रत्यर्थी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको लिखित जवाफमा प्राप्त सूचनाका आधारमा होटलहरूमा चेकजाँच गर्दा निवेदकहरूमध्ये केहीको भिसा तथा राहदानीको अवस्था असामान्य रहेको, केही बिदेशी नागरिक भिसाको उद्देश्यविपरीत नेपालमा बसोबास तथा व्यवसाय गरिरहेको, केहीको भिसा अवधि समाप्त भइसकेको तथा निवेदकहरूमध्येका व्यक्तिहरूले भिसाको उद्देश्यविपरीत होटल व्यवसाय सञ्चालन गरी अन्य विदेशी नागरिकहरूलाई समेत आश्रय दिएको भन्ने व्यहोरा उल्लेख भएको छ। त्यस्तै, अध्यागमन विभागको लिखित जवाफमा समेत निवेदकहरूमध्ये केहीले पर्यटक भिसामा वस्न पाउने अवधि समाप्त भएपछि आफू सम्बन्धित नभएको व्यवसाय देखाई व्यावसायिक भिसा लिएको, आवश्यक मापदण्ड पूरा नगरी पटकपटक भिसाको अवस्था परिवर्तन गरेको तथा केही व्यक्तिहरूले भिसा नियमित नगरी नेपालमा बसोबास गरेको भन्ने अनुसन्धानबाट देखिएको उल्लेख छ। कुनै व्यक्तिको भिसा कायम रहँदा पनि उसले भिसाको प्रयोजनविपरीत कार्य गरेको वा अध्यागमन कानूनले निषेध गरेको कार्य मरेको भए त्यस्तो कार्य अनुसन्धानको विषय बन्न सक्ने नै हुन्छ। त्यसैले पक्राउको समयमा भिसा अबधि बाँकी रहेको कारणबाट मात्र प्रत्यर्थी निकायले अध्यागमनसम्बन्धी अनुसन्धान गर्न पाउने अधिकार समाप्त भएको भनी अर्थ गर्न मिल्ने देखिएन ।
निवेदक REPON MEHMUD ले होटल ढाका एक्सप्रेस सञ्चालन गर्न करार गरेको, सोही भवनमा नयाँ ढाका रेष्टुरेन्ट प्रा.लि. स्थापना गरी सोही कम्पनीका आधारमा Business Visa लिएको तथा उक्त व्यवसायमा वैदेशिक लगानी नगरेको भनी लिखित जवाफमा उल्लेख छ। निजले होटल सञ्चालनका क्रममा भिसा नियमित नभएका वा राहदानी नभएका विदेशी नागरिकलाई होटलमा राखेको भन्ने तथ्यसमेत प्रत्यर्थीहरूको लिखित जवाफमा उल्लेख छ। त्यसैगरी, MAHABUB HASAN तथा FAHIMA AKTER HOSNA को हकमा समेत भिसाको अवधि पक्राउको दिनसम्म कायम रहेको भए तापनि निजहरूले प्राप्त गरेको Tourist Visa को प्रयोजनअनुकूल नेपालमा बसोबास गरेका हुन् वा अन्य कुनै व्यवसाय वा गतिविधिमा संलग्न भएका हुन् भन्ने विषय अनुसन्धानको दायरामा रहेको देखिन्छ। यसबाट निवेदकहरूलाई कुनै अनुसन्धान नै नगरी मनोगत रूपमा नियन्त्रणमा राखिएको अवस्था देखिँदैन। निवेदकहरूले आफ्नो व्यावसायिक विवादका कारण पक्राउ गरिएको भनी उल्लेख गरेको देखिन्छ। सो सम्बन्धमा होटलको सञ्चालन, करारको परिपालना तथा – लगानीसम्बन्धी विवाद काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको देखिन्छ। तर निजी पक्षहरूबीचको करारसम्बन्धी विवाद रहेको मात्र कारणबाट अध्यागमनसम्बन्धी कसूरको अनुसन्धानका लागि राज्यका सम्बन्धित निकायले गरेको कारबाही स्वतः अधिकारविहीन हुने देखिँदैन ।












समाज
थप सामाग्री-
अध्यागमन विभागमा यो कस्तो सेटीङ्ग ? बंगलादेशी नागरिकलाई श्रीलंका डिपोर्ट,महबूब हसन नेपाल घुम्दै !
-
आज असोज २५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन आईजीपी दानबहादुर कार्कीको निर्देशन
-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
१ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter ललितपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको लेले–टीकाभैरव सडकखण्डमा असोज ६ गते गएको पहिरो…





