
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, सल्लेरी र जगत बजार जोखिममा

२५ असोज, काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका–६ मा आइतबार बिहान आकस्मिक बाढी आएको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा परेका छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको सूचना प्राप्त भएको थियो। हालसम्म बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त नभएको उनले बताए।
बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए।
चुमनुम्ब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार गाउँपालिका–६ स्थित चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएको थियो। त्यसपछि एक्कासि बाढी आएको हो।
बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै कतिपय स्थानीय विस्थापित भएका छन्।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढीको जोखिमबारे सतर्क रहन आग्रह गर्दै मोबाइलमा एसएमएसमार्फत सूचना पठाएको छ। सम्भावित जोखिमबाट जोगिन नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
अध्यागमन विभागमा यो कस्तो सेटीङ्ग ? बंगलादेशी नागरिकलाई श्रीलंका डिपोर्ट,महबूब हसन नेपाल घुम्दै !
-
आज असोज २५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन आईजीपी दानबहादुर कार्कीको निर्देशन
-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter ललितपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको लेले–टीकाभैरव सडकखण्डमा असोज ६ गते गएको पहिरो…





