
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
त्यसैगरी, आज राति हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
अध्यागमन विभागमा यो कस्तो सेटीङ्ग ? बंगलादेशी नागरिकलाई श्रीलंका डिपोर्ट,महबूब हसन नेपाल घुम्दै !
-
आज असोज २५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन आईजीपी दानबहादुर कार्कीको निर्देशन
-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter ललितपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको लेले–टीकाभैरव सडकखण्डमा असोज ६ गते गएको पहिरो…





