
बूढीगण्डकीमा भीषण बाढी : पैयू र बगरका ३५ घर बगायो, विभिन्न गाउँमा व्यापक क्षति

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार गाउँपालिका–३ अन्तर्गतका बजार तथा बस्तीमा बाढीले ठूलो क्षति पुर्याएको छ। आज बिहान करिब ४ बजे बाढी गाउँमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।
बूढीगण्डकी नदीमा आएको बाढीले बस्तीमा क्षति पुर्याएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाअन्तर्गतका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जानकारी दिए।
बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ। नदीको बहाव र बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
अध्यागमन विभागमा यो कस्तो सेटीङ्ग ? बंगलादेशी नागरिकलाई श्रीलंका डिपोर्ट,महबूब हसन नेपाल घुम्दै !
-
आज असोज २५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन आईजीपी दानबहादुर कार्कीको निर्देशन
-
गृह मन्त्रालयको कडा निर्देशन : व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न आदेश, अटेर गर्नेलाई कारबाही हुने
-
चोलेन्द्र–मनोज कनेक्सनको गम्भीर प्रश्न : वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति, न्यायालयमा फेरि चलखेलको आशंका
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter ललितपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको लेले–टीकाभैरव सडकखण्डमा असोज ६ गते गएको पहिरो…





