बूढीगण्डकीमा भीषण बाढी : सोती बजारको पुल र दोभानको बेलिब्रिज बगायो, उद्धारमा हेलिकोप्टर परिचालन

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। बाढी आज बिहान ७ः३० बजे सोती बजार पुगेको थियो। बाढीले सोती बजारमा रहेको पुल र केही टहराहरू बगाएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीले सोती बजारस्थित पुल तथा केही टहराहरू बगाएको हो। यसैगरी, बाढीले दोभानमा रहेको बेलिब्रिजसमेत बगाएको छ।

धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बाढीले दोभानको पुल, केरौंजा जाने पुल तथा विभिन्न बस्तीका केही घरहरू बगाएको छ। बाढीका कारण स्थानीय पूर्वाधार र बस्तीमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा जोखिम थप बढेको छ।

गोरखाका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा उद्धार कार्यका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

बूढीगण्डकी नदीमा आएको बाढीका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

Facebook Comments Box
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
१ दिन अगाडि

2.0kViews 15 Shares Share on Facebook Share on Twitter ललितपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको लेले–टीकाभैरव सडकखण्डमा असोज ६ गते गएको पहिरो…

TOP
15 Shares