
तत्काल पार्टी एकता नभए पनि चुनावी मोर्चाबन्दी गरौँ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले तत्काल पार्टी एकता सम्भव नभए पनि आगामी निर्वाचनमा वामपन्थी शक्तिहरूबीच चुनावी मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् ।
भरतपुरमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको छैटौँ साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले वामपन्थी शक्तिहरूबीच पार्टी एकता वा कम्तीमा कार्यगत एकता आवश्यक रहेको बताएका हुन् ।
उनले सरकार, संसद्, निर्वाचन र सडक संघर्षमा वामपन्थी दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए । ‘पहिलो भनेको लेफ्टहरू मिल्ने नै हो । सकिन्छ एकता, सकिँदैन कम्तीमा चुनावमा कार्यगत एकता गरेर जानुपर्छ,’ उनले भने ।
पुनले संविधान, गणतन्त्र, संघीयता, समावेशिता र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका गैरवामपन्थी शक्तिहरूसँग समेत सहकार्य गर्नुपर्ने धारणा राखे ।
नेपालमा कुनै समय दुई तिहाइसम्म पुगेको कम्युनिस्ट जनमत अहिले घटेर १५ देखि १६ प्रतिशतमा सीमित भएको उनको विश्लेषण थियो । बदलिँदो समाज र वर्ग संरचनाअनुसार कम्युनिस्ट पार्टीहरू रूपान्तरण हुन नसक्नु जनमत खुम्चिनुको प्रमुख कारण रहेको उनले स्वीकार गरे ।
‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौँ, आफूलाई अपडेट गर्न सकेनौँ, मार्क्सवादलाई विकास गर्न सकेनौँ भन्ने कुरा हामी स्वीकार्नुपर्छ,’ पुनले भने ।
उनले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल बनाउन वैचारिक, राजनीतिक र सांगठनिक रूपान्तरण आवश्यक रहेको सन्देशसमेत दिएका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
‘दानलाई हटाएर मनोज बनाउँदैमा प्रहरी आफ्नो हुँदैन, नेपाल प्रहरीलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ सरकार!’
-
पत्रकार धरपकड र प्रेस काउन्सिल अध्यादेशविरुद्ध महासंघको आन्दोलन, मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै धर्ना
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ अनुमति जारी, ३४ करोड ऋण दुरुपयोगको आरोप
-
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
-
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
आज मंसिर ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो विचारले काममा नयाँ मोड ल्याउनेछ। आम्दानीभन्दा खर्च बढ्न नदिन…





