
दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा आज सर्वोच्चमा सुनुवाइ, आईजीपी मनोज केसीको नियुक्ति रोक्न अन्तरिम आदेश माग

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।
यसअघि गत मङ्सिर ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटको पेसी तोकिएको थियो। तर, नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण अदालतमा पेस हुन नसकेपछि सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त आईजीपी केसीलाई पदअनुसारको कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन्।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।
अब आजको सुनुवाइमा कार्कीको मागअनुसार अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयमा अदालतले दुवै पक्षको जिकिर सुनेपछि निर्णय गर्नेछ। सर्वोच्चको आदेशले प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारको निर्णयको कानुनी वैधताबारेको विवादलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
-
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
सामूहिक एकता र बोहरा दम्पतीको जग्गादानबाट माखबुँमा निर्माण भयो भव्य श्री विष्णुनारायण मन्दिर
१ दिन अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter चेतनारायण बेल्बासे ललितपुर । गोदावरी नगरपालिका–१४, ठैबस्थित माखबुँमा स्थानीयवासीको सामूहिक प्रयास,…





