
आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको प्रतीक्षा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ।
बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि दुवै पक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क प्रस्तुत गरेसँगै बहस टुंगिएको हो। अब सर्वोच्च अदालतको आदेशको प्रतीक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयसँगै सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
सरकारको उक्त निर्णय प्रहरी ऐन तथा प्रचलित कानुनी व्यवस्थाविपरीत रहेको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका थिए। उनले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय कार्यान्वयन नगर्न र आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न माग गर्दै रिट दायर गरेका हुन्।
यसअघि रिटमाथि भएको सुनुवाइमा कार्कीका तर्फबाट कानुन व्यवसायीहरूले सरकारले प्रहरी महानिरीक्षकको चारवर्षे पदावधि र कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी निर्णय गरेको जिकिर गरेका थिए। यता, सरकारी पक्षले भने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै आफ्नो धारणा प्रस्तुत गरेको थियो।
दुवै पक्षको बहस सकिएसँगै अब सर्वोच्च अदालतले दिने आदेशले कार्कीको पुनर्बहालीसम्बन्धी माग र सरकारको निर्णयको कानुनी वैधताबारे महत्वपूर्ण निरूपण गर्नेछ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
-
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
१४ घण्टा अगाडि
1.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी तथा पदाधिकारीले अब अवकाशलगत्तै…





