बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

गएराति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा गएराति मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका १३ जनाको उपचार भइरहेको छ। प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
१ दिन अगाडि

2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको…

TOP
15 Shares