
पत्रकारमाथिको धरपकडविरुद्ध देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना

काठमाडौं । पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा समाचार सम्प्रेषणमा सरकारी हस्तक्षेप र नियन्त्रणको विरोधमा पत्रकारहरूले देशव्यापी प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघको आह्वानमा बुधबार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय परिसरमा पत्रकारहरूले धर्ना तथा विरोध प्रदर्शन गरेका हुन्। महासंघका जिल्ला शाखाहरूको समन्वयमा आयोजित कार्यक्रममा पत्रकारहरूले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको दबाब, धरपकड तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध आवाज उठाएका छन्।
प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएका ब्यानर तथा पर्चा प्रदर्शन गर्दै सरकारको कार्यशैलीप्रति विरोध जनाएका थिए।
पछिल्लो समय सञ्चारमाध्यमका कार्यालय प्रवेशद्वारमा प्रहरीका गाडी तेर्स्याउने, समाचार कक्षमा प्रहरी पठाउने, पत्रकारमाथि धरपकड तथा गिरफ्तारी गर्ने, लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने र सरकारी सञ्चारमाध्यमबाट श्रमजीवी पत्रकारलाई निष्कासन गर्नेजस्ता गतिविधि भइरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
यी गतिविधिलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भन्दै महासंघले सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको हो।
आन्दोलनका कार्यक्रमअन्तर्गत गत मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको थियो। त्यसैगरी मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र बुझाइएको थियो भने मंसिर ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत संगठनहरूसँग छलफल गरिएको थियो।
मंसिर ७ गते महासंघका जिल्ला शाखाहरूले सञ्चारसम्बद्ध विभिन्न संघसंस्थासँग छलफल गरेका थिए। सोही आन्दोलनको निरन्तरतास्वरूप बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको हो।
महासंघले पत्रकार तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप तत्काल रोक्न, गिरफ्तार पत्रकारलाई रिहा गर्न र प्रेस स्वतन्त्रताको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज मंसिर १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
-
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
१ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको…





