
नेकपाले पूर्वजनमुक्ति सेनालाई किन काठमाडौं बोलायो ? दुई महिने जागरण अभियानमा जोड्ने तयारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वजनमुक्ति सेना (पीएलए)का सदस्यहरूलाई काठमाडौं उपत्यकामा केन्द्रित हुन आग्रह गरेको छ। पार्टीको दुई महिने जागरण अभियानमा पूर्वलडाकुहरूलाई समेत सहभागी गराउने उद्देश्यसहित यस्तो आह्वान गरिएको हो।
पूर्वजनमुक्ति सेनाका पूर्वडिभिजन कमान्डर सन्तु दराईले काठमाडौं उपत्यकामा रहेका पूर्वपीएलएका सदस्यहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उपत्यकाभित्र रहेका पूर्वजनमुक्ति सेनाका साथीहरूलाई सम्पर्क गर्न आह्वान गरेका हुन्।
दराईले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं उपत्यकाभित्र रहनुहुने पूर्व पीएलएका साथीहरूले सम्पर्क गर्नुहोला।’
उनका अनुसार पार्टीले सञ्चालन गर्न लागेको दुई महिने जागरण अभियानमा पूर्वजनमुक्ति सेनालाई पनि सहभागी गराउने उद्देश्यले उक्त आग्रह गरिएको हो। काठमाडौं उपत्यका आसपास रहेका र हाल कुनै सांगठनिक जिम्मेवारीमा नरहेका पूर्वलडाकुहरूलाई अभियानमा जोड्न खोजिएको उनले स्पष्ट पारे।
‘काठमाडौं उपत्यका नजिक रहेका पूर्वजनमुक्ति सेनाका साथीहरू, जो अहिले जिम्मेवारीविहीन हुनुहुन्छ, उहाँहरूलाई आग्रह गरिएको हो,’ दराईले भने।
पूर्वजनमुक्ति सेनालाई पार्टीको जागरण अभियानमा सहभागी गराउनेबाहेक तत्काल अन्य कुनै उद्देश्य नरहेको उनको भनाइ छ।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा (माओवादी)ले गठन गरेको जनमुक्ति सेनामा आबद्ध रहेका पूर्वलडाकुहरूलाई पुनः पार्टीको अभियानमा जोड्ने नेकपाको प्रयासलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ।
तर पूर्वलडाकुलाई काठमाडौंमा सम्पर्कमा आउन गरिएको आह्वानले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीसमेत जन्माएको छ। पछिल्लो समय नेकपाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको र आवश्यक परे आन्दोलनमा जाने संकेत गरिरहेका बेला पूर्वलडाकुलाई अभियानमा जोड्ने प्रयासलाई चासोका साथ हेरिएको हो।
नेकपाले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, सदस्यता नवीकरण र जनसम्बन्ध विस्तारलाई जागरण अभियानको मुख्य उद्देश्य बनाएको छ।
यद्यपि, पूर्वलडाकुलाई काठमाडौंमा सम्पर्कमा आउन गरिएको आग्रह आन्दोलन वा अन्य कुनै राजनीतिक परिचालनसँग सम्बन्धित रहेको आधिकारिक पुष्टि भएको छैन। दराईले भने जागरण अभियानमै सहभागी गराउने उद्देश्य रहेको दाबी गरेका छन्।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
वरियताक्रममा सोविता गौतमको छलाङ : सरकारको प्राथमिकता कि अनुसन्धानको सुई मोड्ने रणनीति?
-
आज मंसिर १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
-
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter मेष नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। आर्थिक कारोबारमा फाइदा हुनेछ। पढाइमा…





