
गोदावरि नगरपालिका मा तान्डब नृत्य ,कसरी जोगाउने प्राकृतिक स्रोत र जनप्रतिनिधिको साख ?

ललितपुर माघ ९ । ललितपुरको गोदावरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद बढ्न थालेको छ । नगरपालिकाका प्रशासकीय अधिकृत प्रविण कोइरालाका कारण विवाद चुलिँदै जान थालेको हो ।यसअघि पनि प्रशासकीय अधिकृतका रुपमा आएका कर्मचारी र मेयर–उपमेयरबीच द्वन्द्व बढेको थियो । द्वन्द्व बढेपछि यसअघि मेयरले केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएका थिए । करिब ३ वर्षअघि नगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीसँग पनि जनप्रतिनिधिको झड्को मिलेन । मेयरले प्रशासकीय अधिकृत पन्थीको कार्यकक्षमा ताला नै लगाइदिए । त्यसपछि प्रशासकीय अधिकृतका रुपमा आएका कृष्णप्रसाद जैसीले पनि घुस खाए, उनलाई अख्तियारले समात्यो । त्यसपछि आए वीरेन्द्रदेव भारती । उनीसँग भने मेयर–उपमेयरको केही हदससम्म सम्बन्ध राम्रै रह्यो । भारतीको कार्यकाल सकिएपछि करिब दुई महिनाअघिमात्रै प्रशासकीय अधिकृतका रुपमा प्र्रविण कोइराला आए । उनीसँग फेरि जनप्रतिनिधिको विवाद चुलिन लागेको छ । प्रशासकीय अधिकृत कोइरालाले जग्गा खण्डीकरण (प्लटिङ) मा सेटिङ मिलाएर आफ्नो पासोमा कस्न थालेका छन् । जग्गा व्यवसायीहरुबाट नाजायज फाइदा लिई निर्वाधरुपमा खण्डीकरण गर्न मौन स्वीकृति दिएका छन् । उनले विकास निर्माणका काममा घुस खाने, कार्यालयका काममा आफूखुशी निर्णय गर्ने, नदीजन्य पदार्थ उत्खनन् गर्न खानी व्यवसायीसँग मिल्ने, अवैध ठाउँमा जग्गा प्लटिङका लागि स्वीकृति दिनेलगायत अवैध कार्य गरेपछि मेयर महर्जन असन्तुष्ट रहेको बताइन्छ । स्रोतका अनुसार, जनप्रतिनिधिसँग खटपट भएपछि कोइराला समयसम्म कार्यालयमा त्यति बस्दैनन्, जसले गर्दा प्रशासनिक काममा समेत बाधा पुगेको छ । उनकै कारण सयौं फाइलहरु पेन्डिङमा छन्प्राकृतिक स्रोत जोगाउनै मुस्किल
टीकाभैरव, लेले, देवीचौर क्षेत्रका सामुदायिक वन र भीरपाखा ताछेर नाङ्गै पारिएको छ । त्यसबाट लेले क्षेत्रको पहाड नै जर्जर भएको छ । अवैध ढुङ्गाखानी सञ्चालन भएपछि बस्ती नै जोखिममा छ । अवैध खानीका कारण वर्षायाममा समेत पानीको मूल फुट्न छाडेको छ ।
खानी तथा खनिज नियमावली २०७३ को परिच्छेद ५ मा राष्ट्रिय तथा सार्वजनिक हित र सुरक्षाका निम्ति छुट्याइएका स्थान, घर, विद्यालय, पर्यावरणीय क्षेत्र नजिक खानी सञ्चालन गर्न नहुने व्यवस्था छ । त्यस्तै, प्राचीन स्मारक, शहर, चिहान, मसानघाट, सार्वजनिक बाटो, घाट, बाँध, पैनी, पाइपलाइन, किल्ला, गढी, छाउनी, मन्दिर, मस्जिद, गिर्जाघर, घर, कारखाना आदिबाट कम्तीमा ५० मिटरभित्र उत्खनन् गर्न नपाइने व्यवस्था छ । विद्यालय र आवासीय ठाउँबाट त यस्ता क्षेत्र ५०० मिटर टाढा हुनुपर्छ । गोदावरी क्षेत्रका खानी र क्रसर उद्योग विद्यालय र आवासीय क्षेत्रमै छन् । रातभर चर्को आवाजमा खानी र क्रसर उद्योग चल्दा घरमा बस्न नसक्ने अवस्था भएको स्थानीयको गुनासो छ । घोषितरुपमा त्यस्ता खानी सञ्चालन गर्न नदिने भनिएको छ । तर, निर्वाधरुपमा खानी सञ्चालन भइरहेका छन् । यसमा पनि कोइरालाको मौन स्वीकृत छ । ललितपुरमा उत्खनन् गरिएको बालुवा, ढुङ्गा र गिट्टी ललितपुरबाहिर काठमाडौं, भक्तपुरदेखि मकवानपुर र धादिङसम्म पुग्छ ।
स्वार्थको काममा लिप्त प्रशासकीय अधिकृत कोइराला
समन्वय नगरी प्रशासकीय अधिकृत कोइरालाले स्वार्थका काम गर्न थालेसँगै नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व बढेको एक कर्मचारी बताउँछन् । ती कर्मचारीका अनुसार, प्रशासकीय अधिकृत कार्यालयको काममा भन्दा यो वा त्यो बहानामा नगरपालिकाको साधन–स्रोत प्रयोग गरेर आधा दिन आफ्नै काममा बाहिरबाहिर हराउने गर्छन् । ‘जनप्रतिनिधि र कर्मचारीबीचको विवाद सतहमा आउन थालेको छ,’ ती कर्मचारीले भने, ‘कोइरालाले टेर्नै छाडेको गुनासो जनप्रतिनिधिले गरेका छन् ।’ यसरी बढ्यो विवाद
प्रमुख प्रशासकीय अधिकृत कोइरालाले गोदावरी क्षेत्रको जग्गा प्लटिङमा र अवैध खानी उत्खनन्मा मिलेमत्तो गरेको भन्दै कर्मचारी र जनप्रतिनिधिबीच खटपट सुरु भएको थियो । कार्यालयलाई आवश्यक पर्ने सामग्री खरिद तथा प्लटिङ र अवैध खानी सञ्चालनमा प्रशासकीय अधिकृतले मिलेमत्तो गरेको पाइएपछि जनप्रतिनिधि रुष्ट बनेका छन् । स्रोतका अनुसार, लेले र टिकाभैरव क्षेत्रको खानी सञ्चालनका लागि कोइरालाले मौन स्वीकृति दिने गरेको, कार्यालय र विकास निर्माणका काममा घुस खाने र अवैध प्लटिङ निर्माणमा पनि मिलेमत्तो गर्दै आइरहेका छन् । त्यस्तै, अवैध खानी तथा क्रसर उद्योगलाई कडाइ नगरेको, सडक र अन्य पूर्वाधारका काममा अनियमितता गरेको, पहिले रोकिएका जग्गा प्लटिङ गरेको, कार्यालयलाई आवश्यक पर्ने सामान खरिदमा अनियमितता गरेकोलगायतका आरोप कोइरालामाथि छ । प्रवक्ता शिलवालको ढाकछोप
नगरपालिकाका प्रवक्ता रहेका मिलन शिलवाललले प्रशासकीय अधिकृत कोइरालाको गलत क्रियाकलापलाई ढाकछोप गरेका छन । उनले गोदावरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद नभएको प्रतिक्रिया दिए । प्रवक्ता ज्यु अवैध खानी र, खेती योग्य जमिन,भीरपाखा ताछेर नाङ्गै पारिएको भिरालो जग्गा प्लटिङले उजाड प्राकृतिक स्रोतले तपाईलाई गिज्याउदैन ? । कार्यकारीले ‘नगरपालिकाभित्रको प्रशासनिक कार्यमा चासो नदिएर सयौं फाईल अलपत्र र सयों सेवाग्रहीले दुख्ख पाउदा ति भोटको याद आउदैन ?
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





