वरिष्ठ सईको तलब बढाउने आदेश कार्यान्वयनमा सर्वोच्चको ताकेता
काठमाडौं । प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको तलबमान बढाउनुपर्ने भन्दै सर्वोच्चले गरेको आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले ताकेता गरेको छ ।गत ८ वैशाखमा ७ दिनको अल्टिमेटम दिँदै सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले पत्र पठाएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थमन्त्रालयलाई सम्बोधन गर्दै पठाइएको उक्त पत्रको पनि म्याद सकिइसकेको छ । यद्यपि आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको छैन ।
‘१४ वरिष्ठ सईहरूले १६ पुस २०८० मा र उनीहरूले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टाछुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको थियो ।जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको थियो ।
सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरू सर्वोच्चमा मुद्दा लडेका थिए । फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत नुनेत्रहरि पौडेलले हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘यो आदेश कार्यान्वयन गरी ७ दिनभित्र यसको जानकारी गराउनू ।’प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको थियो ।
दुई वर्षअघि २०७० मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरू बढुवा भएका थिए ।तर वरिष्ठको तीन तारे फूली लगाएका उनीहरूले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरूले वरिष्ठ सई भए पनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरूको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ ।तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरूले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।१ साउन २०७९ बाट लागू भएको तलबमान अनुसार वरिष्ठ सईको सुरु स्केलको तलब ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको ३४ हजार ७ सय ३० रुपैयाँ छ । सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ ।जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरूको तलब ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ ।तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिइन्छ । प्रतिग्रेड १ हजार ३ सय ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलब ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ ।जसकारण ८ ग्रेड बुझेका सईहरू वरिष्ठ सईमा बढुवा भए पनि तलब भने कम पाए ।
समाज
थप सामाग्री-
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
-
पशुपतिनाथमा महाशिवरात्रिका लागि ४० लाख बजेट विनियोजन, तयारी तीव्र
-
आज माघ २८ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
-
पत्रकार सचित राईलाई ज्यान मार्ने धम्की : महासंघद्वारा छानबिन र कारबाहीको माग
तामाकोशी दुर्घटनामा १२ जनाको मृत्यु
१ दिन अगाडि
2.4kViews 343 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको…



