वाईसीएलका नेता अपहरण र डकैतीको आरोपमा पक्राउ

विराटनगर। विराटनगरमा भएको अपहरण र डकैतीको घटनामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेता कुशल पाण्डे मुछिएका छन्।

पाण्डेकै योजनामा अपहरण र डकैती भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। घटना गराएको आरोपमा वाईसीएल विराटनगरका पूर्वसदस्य पाण्डेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो। उनी बुधबार पक्राउ परेका हुन्।

विराटनगर महानगरपालिका–११ घर भएका २६ वर्षीय पाण्डेविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रहरीले अदालतबाट बिहीबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउनेछ। उक्त अपहरण र डकैतीमा संलग्न दुईजना गत आइतबार नै पक्राउ परिसकेका छन् । विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका हुन् ।

उनीहरूमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनापछि भागिरहेका वाईसीएलका नेता पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो। प्रहरीका अनुसार आफूलाई प्रहरी बताउने तीनजनाको समूहले असार ११ गते बिहान ११:१५ बजेतिर विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो। त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेको हो।

मोटरसाइकल र स्कुटरमा रहेका तीनजनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पुर्‍याएर रकम लुटपाट गरी उनलाई छाडिदिएको थियो। भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर बैंकमा जम्मा गर्न जाँदै विक्रम अपहरणमा परेका थिए।

अपहरण गरेर साथमा भएको रकम डकैती गरेपछि त्यो समूहले उनलाई छाडेको थियो। हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं,अनुसन्धान गर्नुछ,भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए । त्यसपछि एकान्तस्थलमा पुर्‍याएर लुटपाट गरिएको थियो।

हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले विक्रमको साथमा भएको रकम लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। यो घटनाको मुख्य योजनाकार कुशल पाण्डे हुन्। पाण्डेले योजना बनाएपछि अरु दुई जनाले सहयोग गरेको देखिन्छ। घटनापछि उनी भागिरहेका थिए। पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ। थप कुरा अनुसन्धानबाट खुल्दै जान्छ,’ प्रहरी स्रोतले भन्यो।

घटनामा पाण्डेले प्रयोग गरेर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले दिए। उनले भने,‘अपहरण र डकैती गम्भीर घटना हो। यसमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
११ घण्टा अगाडि

1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…

TOP
480 Shares