

छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल सूर्यविनायक–९ भातेढिकुरमा बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।
गम्भीर घाइते भएकी चौधरीलाई प्रारम्भिक उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पठाइएको थियो। उपचारका क्रममा राति करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
११ घण्टा अगाडि
1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





