ट्राफिक नियम उल्लङ्घन गर्ने हजारौँ चालक कारबाहीमा, एकै दिन २१ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध सञ्चालन गरेको कडा निगरानी अभियानअन्तर्गत एकै दिन २१ लाख १० हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०८ जना, रातो बत्ती उल्लङ्घन गर्ने ९९ जना र तीव्र गतिमा सवारी चलाउने ८३ जनासहित ठूलो संख्यामा चालक कारबाहीमा परेका छन्।

त्यस्तै लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, एकतर्फी सडकमा सवारी चलाउने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४८४ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालना गराउन निगरानी अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। पछिल्लो कारबाही र राजस्व संकलनको तथ्यांकले उपत्यकाको सडकमा अझै ट्राफिक अनुशासन कायम गर्ने चुनौती रहेको देखाएको छ।

Facebook Comments Box
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१० घण्टा अगाडि

1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…

TOP
328 Shares