जेनजी आन्दोलनमा आगजनी आरोपित नेकपा नेता अन्सारी पुर्पक्षका लागि जेल चलान

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएका सरकारी कार्यालयमा आगजनी तथा तोडफोड घटनाका मुख्य आरोपित भनिएका नेकपा नेता ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अन्सारीलाई मुद्दाको टुंगो नलागेसम्म कारागारमा राखेर प्रक्रिया अघि बढाउन आदेश दिएको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार लामो समयदेखि फरार रहेका अन्सारी शुक्रबार अदालतमा उपस्थित भएका थिए।

अन्सारीको बयानपछि सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच भएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारीविरुद्ध नापी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडसँग सम्बन्धित दुई वटा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरेको थियो। अदालतले नापी कार्यालयसम्बन्धी मुद्दामा उनलाई थुनामा पठाउने आदेश दिएको छ भने अर्को मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा रिहा हुन सक्ने आदेश दिएको छ।

गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा विराटनगरमा हिंसा भड्किँदा प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, नापी कार्यालय, सरकारी वकिल कार्यालयलगायत विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

प्रहरीले उक्त घटनाको नेतृत्व अन्सारीले गरेको आरोप लगाउँदै अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न व्यक्तिहरूको पहिचानपछि प्रहरीले २०८२ मंसिर १४ गते अन्सारीसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ।

Facebook Comments Box
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
११ घण्टा अगाडि

1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…

TOP
455 Shares