

भेनेजुएला भूकम्पपीडितका लागि नेयमारको ३ करोडभन्दा बढी राहत सहयोग
काठमाडौं । विनाशकारी भूकम्पपछि मानवीय संकट सामना गरिरहेको भेनेजुएलाका नागरिकको सहयोगका लागि ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले २ लाख ५० हजार अमेरिकी डलर (करिब ३ करोड ५ लाख रुपैयाँ) राहत रकम प्रदान गरेका छन्।
नेयमारका काकाले इन्स्टाग्राममार्फत सहयोगबारे जानकारी सार्वजनिक गर्दै भूकम्पका कारण ठूलो जनधनको क्षति भएको र हजारौं मानिस अझै प्रभावित अवस्थामा रहेको उल्लेख गरेका छन्।
प्रदान गरिएको रकम उद्धार तथा आपतकालीन राहत कार्यक्रममा प्रयोग गरिने बताइएको छ। उक्त सहयोगबाट प्रभावित समुदायलाई खाद्यान्न, सुरक्षित खानेपानी, चिकित्सा सामग्री, अस्थायी आवास तथा आवश्यक राहत सामग्री उपलब्ध गराइनेछ।
सहयोगबारे नेयमारले भेनेजुएलाका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विपत्तिबाट प्रभावित परिवारलाई केही राहत र शक्ति मिल्ने आशा व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
११ घण्टा अगाडि
1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





