

एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा हासिल गरेको गौरवपूर्ण उपलब्धिको सम्मानस्वरूप नेपाल पुलिस स्कुल सामाखुसीमा विशेष कदर तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयले एसइई परीक्षामा हासिल गरेको उत्कृष्ट उपलब्धिलाई संस्थागत सफलता मात्र नभई गुणस्तरीय र संस्कारयुक्त शिक्षाको प्रतिफलका रूपमा लिइएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल गुठियारका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालयकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी श्रेष्ठले विद्यालयको उद्देश्य केवल शैक्षिक रूपमा सफल विद्यार्थी उत्पादनमा सीमित नरही असल, जिम्मेवार र नैतिकवान् नागरिक निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले, “एउटा विद्यार्थी सफल हुँदा परिवारमा खुसी छाउँछ, तर सफलसँगै असल पनि हुँदा सिङ्गो समाज नै खुसी र समृद्ध बन्छ,” भन्दै वर्तमान समयमा संस्कारसहितको शिक्षाको आवश्यकता अझ बढ्दै गएको धारणा व्यक्त गर्नुभयो।
उहाँले सामूहिक प्रयास र सहकार्यको भावनाले जस्तोसुकै चुनौतीलाई पनि अवसरमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै विद्यालयले हासिल गरेको सफलता सबै पक्षको साझा प्रतिबद्धता र मेहनतको प्रतिफल भएको बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्राचार्य डा. नारायण प्रसाद काफ्लेले परिश्रमसँगै बुद्धिमत्तापूर्ण कार्यशैली (स्मार्ट वर्क) अपनाउन सके उत्कृष्ट उपलब्धि हासिल गर्न सकिने विचार राख्नुभयो। उहाँले विद्यालयको सफलतामा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको साझा योगदान रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, धन्यवाद ज्ञापन मन्तव्यका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले गुठियार प्रमुखको दूरदर्शी नेतृत्व, विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धता तथा सम्पूर्ण शिक्षक-कर्मचारीको अथक परिश्रमकै परिणामस्वरूप विद्यालयले ऐतिहासिक सफलता हासिल गर्न सकेको बताउनुभयो।
यस अवसरमा विद्यालयको व्यवस्थापकीय पक्षलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अहोरात्र खटिनुभएका समादेशक प्रहरी निरीक्षक महेश के.सी. सहित गत शैक्षिक वर्षमा कक्षा १० मा अध्यापन गराउने शिक्षकहरू तथा अन्य कर्मचारीहरूलाई प्रमुख अतिथिबाट नगदसहित कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
नेपाल पुलिस स्कुल सामाखुसीले हासिल गरेको यो उपलब्धिलाई नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित शैक्षिक संस्थाहरूको गुणस्तर, अनुशासन र समर्पणको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। विद्यालयको यस गौरवपूर्ण सफलतामा योगदान पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१० घण्टा अगाडि
1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





