

मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
जनकपुरधाम । मधेस प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा प्रदेशभर शान्ति–सुरक्षा सुदृढीकरण तथा आपराधिक गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाइरहेको सन्दर्भमा पछिल्ला दिनहरूमा प्रहरीले अवैध हातहतियार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी मधेस प्रदेश प्रहरी प्रमुख हुन्। उहाँको कमाण्डमा मधेस प्रदेशमा अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा सुदृढीकरणका गतिविधिहरू तीव्र पारिएका छन्। साथै, प्रहरी संगठनभित्र दक्ष र अनुभवी अधिकृतहरूको समन्वयात्मक भूमिकाले प्रदेशको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनेको बताइन्छ।
यसै क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु ढकाल समेत प्रदेश प्रहरी संरचनामा सक्रिय भूमिकामा रहेका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत वडा प्रहरी कार्यालय मुजेलियाले पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाएको छ।
प्रहरीका अनुसार मिति २०८३ साल असार १३ गते करिब १३:०० बजे जनकपुर उपमहानगरपालिका–९ थापा चौकस्थित थापा होटलमा खाना खाइरहेका दुई युवालाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी विजय यादवका छोरा अन्दाजी २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामा निवासी रामएकवाल मुखियाका छोरा अन्दाजी १८ वर्षीय सुधिर मुखिया रहेका छन्।
प्रहरीले उनीहरूबाट चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल (Eagle Raptor लेखिएको काठको बिड जडान भएको), एक थान म्यागजिन, ९ एमएम KF लेखिएको एक थान लाइभ राउन्ड तथा ७.६५ एमएम KF लेखिएको तीन थान लाइभ राउन्ड बरामद गरेको जनाएको छ।
बरामद हातहतियारसहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको वडा प्रहरी कार्यालय मुजेलियाले जानकारी दिएको छ।
प्रहरीले पछिल्ला दिनहरूमा प्राप्त सूचनाका आधारमा निगरानी तथा कारबाहीलाई अझ सुदृढ बनाउँदै लैजाने बताएको छ। अवैध हातहतियार नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र समुदायमा शान्ति–सुरक्षा कायम गर्न प्रहरी निरन्तर सक्रिय रहेको पनि जनाइएको छ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१० घण्टा अगाडि
1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





